आज बीपी स्मृति दिवस : प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार

सोमवार, साउन ६, २०७६



काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले सोमबार ट्विट गर्दै भनेका छन्,‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु । ’’

फ्घ्दफ्द्फ़

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनको २०३९ साउन ६ गते निधन भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata