बक्सर प्याट्रिक डे रहेनन्

बिहिबार, अशोज ३०, २०७६



एजेन्सी । बक्सिङ प्रतिस्पर्धाका क्रममा मस्तिष्कको चोट व्यहोरेका बक्सर प्याट्रिक डेको निधन भएको छ । चार दिनअघि चार्ल्स कनवेलसँगको प्रतिस्पर्धामा घाइते डेको निधन भएको हो ।

डे गत शनिबार कोमामा गएका थिए । उनी चार्ल्स कनवेलसँग भएको वाल्टरवेट प्रतिस्पर्धाको १० औँ राउन्डमा नक आउट भएका थिए ।

बक्सिङ प्रोमोटर लोउ डीबेल्लाले बुधबार डेको परिवार, साथी अनि बक्सिङ टिमका सदस्यहरुमाझ डेको मृत्यु भएको पक्का गरेका थिए ।

माइकल बफ्फरले सर्वप्रथम डेलाई अद्भूत युवा खेलाडी भन्दै श्रद्धाञ्जली दिएका छन् । बफ्फरले भने, “बक्सिङ समुदायमा सबैजना प्याट्रिक डेको मृत्युले दुःखी छन् ।”

विश्व बक्सिङ संघका अध्यक्ष माउरिसिओ सुलाइमनले बक्सिङले बहादुर, दयालु र अद्भूत साथी गुमाएको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata