दुवै सदनमा चिकित्सा शिक्षा अध्यादेश मुख्य एजेण्डा

सोमवार, चैत्र १९, २०७४



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दुवै सदनले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । सो विधेयक गत शुक्रबार संसदमा पेश भएको थियो ।

यस्तै, प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमाथि छलफल गरी स्वीकृत गर्ने अर्यालले बताए । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।

२०४८, ५१ र ५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank