अत्यधिक दोहनले उपत्यका भासिँदै

सोमवार, भदौ १६, २०७६



मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन्।

पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो।

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन्।

तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ।

जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ। प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरूलाई बजेट निकासा गरेर नै काम गराइरहेको पाइएको छ । प्रदेश ३ सरकारले बोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्ता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन्।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata