बैदेशिक रोजगारबाट फर्किएका यूवालाई लक्षित गदैं १० लाख सम्मको कर्जा

शुक्रबार, मंसिर ७, २०७५



काठमाडौं । बैदेशिक रोजगार प्रबर्द्धन बोर्डले बैदेशिक रोजगारबाट फर्किएका यूवालाई लक्षित गर्दै १० लाख बराबरको कर्जा आवेदन खुला गरेको छ ।  बैदेशिक रोजगारका क्रममा सिकेका ज्ञान,सिप र दक्षता हासिल गरि नेपालमा पेसा व्यवसाय गर्न चाहाने व्यक्तिका लागि आवेदन खुला गरिएकाे हो ।

बाेर्डले एक सुचना प्रकाशित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तरगत आर्थिक बर्ष ०७५ /०७६ मा १० लाख सरल कर्जा प्रदान गर्ने जनाइएको छ । बैदेशिक रोजगारी प्रबर्द्धन बोर्डका अनुसार आवेदन कर्ताले तोकिएको ढाँचामा आइपुग्ने गरि पौष मसान्त भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

हेर्नुहाेस बाेर्डद्वारा जारी सुचना 

bord

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank