कांग्रेस सभालाई लक्षित गरेर बम विस्फोटन

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । दलहरुका चुनावी कार्यक्रम विथोल्न प्रयास हुन थालेका छन् । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसले आयोजना गरेको कोणसभालाई लक्षित गरी बम बिस्फोट भएको छ ।

कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा ४० मिटरको दुरीमा बम बिस्फोट भएको हो । ठुलो आवाजमा बम बिस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीयहरु भागदौड मच्चिएको थियो । महेन्द्रराजमार्गको नजिकमा भएको बिष्फोटबाट मानविय क्षति भने भएको छैन ।

1674 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank