बुकरले २७ वर्षपछी नियम तोड्यो: यस वर्षको बुकर पुरस्कार एटवुड र एवरिस्टोलाई

मङ्लबार, अशोज २८, २०७६



एजेन्सी । बुकर पुरस्कार विजेता घोषित गर्ने निर्णायक मण्डलले यस वर्ष चलीआएको नियम तोड्दै मार्गरेट एटवुड र  बर्नार्डिन एवरिस्टोलाई संयुक्तरूपमा विजेता घोषणा गरेको छ । एवरिस्टो यस पुरस्कार जित्ने प्रथम अश्वेत महिला हुन् । यस पुरस्कारको निम्ति छानिएका ६ वटा पुस्तक मध्येमा भारतीय लेखक सलमान रुस्दीको उपन्यास ‘क्वीचोटे’ पनि सामेल थियो ।

बुकर नियमको अनुसार पुरस्कारलाई आधा भागमा बाड्न सकिन्न । बुकरको निर्णायक मण्डलको भनाइ छ- “एटवुडको ‘द टेस्टामेन्ट’ र एवरिस्टोको ‘गर्ल, वुमेन, अदर’ मध्ये कुनै पनि एकलाई उत्कृष्ट भन्न सकिएन, दुवै उत्कृष्ट रहेका छन् ।”

पुरस्कारको शुरुवात सन् १९६९ मा गरिएको हो । सन् १९९२ मा दुई जनालाई संयुक्त रुपमा बुकर पुरस्कार दिने निर्णय विवादमा आएसँगै पुरस्कारलाई एक व्यक्तिमा सिमित गरिएको थियो । सन् १९९२ पछी निर्मित नियमलाई तोड्दै पछिल्लो निर्णायक मण्डलले संयुक्त रुपमा बुकर पुरस्कार दिने निर्णय गरेको छ ।

“आयोजकले पाँच सदस्यीय निर्णायक मण्डललाई दुई जना विजेता चुन्न नसक्ने बताएको थियो । यद्दपी पाँच घण्टा लामो चलेको छलफल पछी निर्णायक मण्डलले नियम तोड्दै संयुक्तरुपमा पुरस्कार दिन राजी भएको आयोजकले बताएको छ । निर्णायक मण्डलका अध्यक्ष पीटर फ्लोरेन्सले बताएअनुसार निर्णायक मण्डलको बाध्यत्मक फैसला स्वीकार्न बाध्य भएको छौँ ।  ५०,००० पाउण्ड (७२,५०,७२५ नेपाली रुपियाँ) राशीको उक्त पुरस्कार एटवुड र एवरिस्टोलाई संयुक्त रुपमा दिइने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata