स्काभेटर र टिप्परमा प्रेसरकुकुर बम प्रहार

बिहिबार, मंसिर ५, २०७६



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा गएराति अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकुर बम प्रहार गरेको छ । घटनास्थल दुधौली चौकीबाट २५ किलोमिटर टाढा रहेको छ । 

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग हुँदै आइरहेका दुई स्काभेटर(को १ क. १४४० पीसी–२०० र को १ क. ११०२ एलसी–२०० ) र एक टिप्पर(को १ क. १५४६ )लाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले  मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको स्काभेटर र टिप्परमाथि बम आक्रमण गरेको हो । 

सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताएअनुसार १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने ११०२ एलसी–२०० नम्बरको स्काभेटर र  १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata