यसरी भयाे लहानमा बम बिस्फोट

शुक्रबार, चैत्र ९, २०७४

- राम नारायण पंडित



सिरहा। सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा आज शक्तिशाली बम बिस्फोट भएको छ । सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा कुकर बम बिस्फोट भएको छ ।

b8

आज दिउँसो करिब एक बजे भएको उक्त बिस्फोटमा परि एक बालक सहित ८ जना घाइते भएका छन् । पसलमा अपरिचित व्यक्तिले सामान सहितको झोला राख्न दिएको र उक्त झोलामा रहेको सामान केहीछिन पछि विष्फोट भएको पसलका संचालक विकास सारडाले बताए । विष्फोटको कारणले पसलमा लाखौको क्षति भएको अनुमान गरिएको छ ।

bom

बिस्फोटमा परी विकास शारडा, राहुल शारडा, अस्मिता चौधरी, बिनिता चौधरी घाइते भएका छन् । त्यसैगरी मझौरा घर भएका ग्राहक सिकिन्द्र यादवका ७ वर्षीय छोरा सतिस यादब र पत्नी देव कुमारी यादब, माधोपुरका बबिता यादब र सप्तरी सुरुङ्गा नगरपालिका ६ का मोनिका देवी राम घाइते भएका छन् । घाइतेहरुको लहान स्थित राम कुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भईरहेको छ । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

b4

बिस्फोट कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । विस्फोटपछि घटना स्थलमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने लहानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

bom bisot

b3

b9

 

 

 

 

b6

492 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank