अफ्गानिस्तानको कावुलमा बम विस्फोट, नौ को मृत्यु, ८४ घाईते

बुधबार, जेष्ठ १७, २०७४



काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ८४ जना घाईते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार राजधानी काबुलमा रहेका दुतावासहरू तथा राष्ट्रपति भवननजिक उक्त बम विष्फोटन भएको हो ।

बीबीसीका अनुसार केन्द्रीय जन्वाक स्क्वाएर नजिक ‘भेहिकल बम’ विष्फोट गराइएको हो । बम विष्फोटनले सयौं मिटर परसम्म क्षति पुर्याएको र दर्जनौं सवारी साधनमा क्षति पुगेको बताइएको छ ।

विष्फोट क्षेत्रलाई हाल सुरक्षा दिएको बताइएको छ ।

जर्मन दूतावासनजिक कारबम विष्फोट गराइएको जनाइएको छ । विष्फोट क्षेत्र नजिक महत्वपूर्ण सरकारी तथा अन्तर्राष्ट्रिय संस्था र नियोगहरू रहेका छन् ।

कसलाई लक्षित गरेर विष्फोटन गराइएको भन्ने हालसम्म खुल्न सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments