पाकिस्तानको एउटा कोइलाखानीमा विस्फोट, १६ को मृत्यु

आइतवार, बैशाख २३, २०७५



काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा कोइलाखानीमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय राजधानी क्वेटादेखि करिब ४० किलोमिटर टाढा पर्ने मारवारस्थित कोइलाखानीमा भएको विस्फोटमा अन्य नौजना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

क्वेटाबाट एकजना सरकारी अधिकारी जावैद शाहवानीले समाचार संस्था एएफपीलाई भने, कोइलाखानीमा मिथेन ग्यास विस्फोट हुँदा १६ जना कामदारको ज्यान गएको छ र नौजना घाइते भएका छन् । उनका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

खानीबाट शवहरू निकाल्न टोलीहरू पठाइएको अधिकारीहरूले बताएका छन्। शाहवानीले थपे, ‘हामीले शवहरू निकाल्ने भरमग्दुर प्रयास गरिरहेका छौँ। तर अधिकांश शवहरू धेरै भित्र पुरिएकोले निकाल्न केही समय लाग्न सक्छ।’

कोइलाखानीमा काम गर्ने अधिकांश कामदारहरू ख्यबर पख्तुंख्वाको शाङ्ग्ला जिल्लाको एउटा गाउँबाट आउँछन्। खनिज पदार्थको दृष्टिकोणले धनी बलोचिस्तान प्रान्तका खानीहरूमा सुरक्षा प्रबन्ध चाहिँ कमजोर रहेको बताइन्छ ।

सन् २०११ मा बलोचिस्तानकै कोइलाखानीमा भएको एउटा विस्फोटमा ४० जनाभन्दा बढी मारिएका थिए।
बीबीसी

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank