अफगानिस्तानमा आत्मघाती बम विस्फोट ६८ जनाको मृत्यु

बुधबार, भदौ २७, २०७५



अफगानिस्तान । पूर्वी अफगानिस्तानको नानगाहार प्रान्तमा मंगलबार विहान भएको आत्मघाती बम आक्रमणमा ६८ जनाको ज्यान गएको छ भने १ सय ६५ जना घाईते भएका छन् ।

प्रान्तिय गर्भनर प्रवक्ता अताउल्ला खोग्यानीले भने बम आक्रमण पछि प्रान्तिय राजधानी जलालाबाद आसपासको क्षेत्र र पाकिस्तानको सिमाना बन्द गरिएको छ ।

एक स्थानिय प्रहरी निरिक्षकलाई हटाउन माग गर्दै आसिन जिल्लाबाट भेला भएका प्रदर्शनकारी बीच अचानक बम विस्फोट भएको थियो । उक्त घटनामा घाइते भएका जर खानले एफपी समाचार एजेन्सीसँग भने ‘‘…..विस्फोट भयो र मैले आफुलाई रगत र मासुले घेरिएको फेला पारे ’’। अफगानी राष्ट्रपति अब्दुल अब्दुल्लाले घटनाको निन्दा गर्दै भने‘‘ मस्जीद,महिला, बालबालिका र सर्वसाधारण नागरिक माथि आक्रमण गर्नु मानवता विरुद्धको अपराध हो’’।

उक्त घटनाको कसैले पनि जिम्मेवारी नलिएको अवस्थामा तालिवानी संगठनले भने घटना आफुहरुले नगराएको जनाएको छ । क्रमिक रुपमा भइरहेको आत्मघाती हमलाहरुमा विगत केहि समय देखी सयौं नागरिक र पत्रकार मारिएका छन् । गत साता कावुलको खेलकुद क्लबमा भएको दुई हमलामा २० मानिस मारिए भने ७० घाईते भएका थिए ।

उक्त घटनामा एक स्थानिय सम्बाददाता र एक क्यामेरा म्यानले समेत ज्यान गुमाएका थिए । आइतबार भएको अर्काे घटनामा पूर्व सोभियत सेनालाई अफगानिस्तानबाट धपाउन प्रमुख भूमिका खेल्ने एक पूर्व विद्रोही नेता अहमद साह मसुद मृत्युको सम्झनामा भेला भएको जुलुस माथि आत्मघाती हमला हुँदा ७ जना मारिए भने २४ घाईते भएका थिए ।

हालैका दिनहरुमा घातक हमलाहरु सर्बसाधरण विरुद्ध लक्षित हुँदै गइरहेका छन् ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank