अरुण तेस्रो जलविधुत आयोजनाको प्रशासकीय कार्यालयमा बम विस्फोट

बुधबार, जेष्ठ ३०, २०७५



संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फोट गराएको छ।

गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो ।  बम बिष्फोट भएकाे  ठाउँमा तीन ओटा खाडल भेटिएकाले छ।

आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ। यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षेती पुग्ने गरी बम बिष्फोट गराइएको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank