मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै बम विस्फोट

मङ्लबार, बैशाख १७, २०७६



रोल्पा । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै रोल्पामा आज पनि बम विस्फोट भएको छ । मुख्यमन्त्री पोखरेल हिँडिरहेको अबस्थामा मंगलबार विहान ११ बजे बम विस्फोट भएको हो ।

सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन गइरहेका बेला मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै गैरीगाउँस्थित राँकडाँडामा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दिपेन्द्रकुमार पुनले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै सोमबार पनि रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको थियो । बम विस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लवले लिएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank