सोमालियामा बम बिस्फोट : कम्तिमा दशको मृत्यु

शुक्रबार, कार्तिक २३, २०७५



मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा भर्खरै गोलीबारी पछी ठुलो आबाज सहित बिस्फोट भएको प्रहरीले जनाएको छ । लोकप्रिय साहाफी होटल र अनुसन्धान विभाग (सीआईडी) को नजिकै दुई कार बम बिस्फोट हुनाको साथै राजधानी मोगादिशुमा कम्तीमा दश मानिसको मृत्यु भएको जनाइएको छ ।

प्रहरीको भनाई अनुसार राजधानी मोगादिशुको स्थिती तनाबपुर्ण जनाईएको छ । प्रारम्भिक दुई बिस्फोट साहफी होटल र सुरक्षा निकाय लक्षित रहेको प्रहरी अधिकारी इब्राहिम मोहम्मदले भने , मृतक दश मानिस मध्य धेरै जसो सर्वसाधारण र केही सुरक्षा गार्ड सामेल छन । तेश्रो बिस्फोटको बारेमा बिस्तृत अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकारी अली नूरको भनाई अनुसार मृतकको संख्या १७ पुग्ने अनुमान गरिएको छ । घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank