अफगानिस्तानको चुनावी र्‍यालीमा बम विस्फोट मृतकको संङ्ख्या २२ पुग्यो

आइतवार, अशोज २८, २०७५



अफगानिस्तान । अफगानिस्तानको चुनावी र्‍यालीमा बम विस्फोट भएको छ । बम विस्फोटमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

२० अक्टोवरमा हुने निर्वाचन र्‍याली लक्षित गरि बम विस्फोट भएको हो । अफगान अधिकारीले जनाए अनुसार देशको उत्तरपूर्वी क्षेत्रमा महिला संसदको लागि निर्वाचन हुँदै थियो ।
रुस्तक जिल्लाको आक्रमणमा ३६ जना घाईते भएको जनाएको छ ।

affaganistan

एस्सरले बताए अनुसार विस्फोट भाडामा लिइएको मोटर साईकलबाट गराइएको थियो । आक्रमणको जिम्मेवारी तत्काल कुनै समुहले लिएका छैनन् । तखार प्रोभिन्स तालिवान उग्रवादको चपेटामा रहेको क्षेत्र मानिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata