आत्मघाती बम विस्फोट २५ जनाको मृत्यु

बुधबार, चैत्र ७, २०७४



काबुल । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको आत्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । विस्फोटमा तालिबानको संलग्नता रहेको अफगानिस्तानका स्वास्थ्यमन्त्रीले जनाएका छन् । तालिबानले आज बिहान मात्रै राजधानी कावुलका विद्युत आपूर्ति हुने ट्रान्समिसन लाइन काटिदिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

उत्तरी क्षेत्र कुन्दुर बगलान क्षेत्रमा सरकारले नागरिक हितमा काम नगरेसम्म लाइन जोड्न नदिने तालिबानले चेतावनी दिएको छ ।

332 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank