खैबर पख्तूनख्वाको हाँगू विस्फोटमा परि मर्नेको संख्या २५ नाघे

शुक्रबार, मंसिर ७, २०७५



हाँगु । पाकिस्तानको खैबर पख्तूनख्वाको हाँगूमा शुक्रबार भएको वम विस्फोटमा मर्नेको संख्या २५ नाघेको जिओ न्यूजले जनाएको छ । हाँगूको एक ब्यस्त बजारमा गराइएको विस्फोटमा घाईतेको संख्या ४० पुगेको सुरक्षा स्रोतले जनाएको छ ।

विस्फोट एक धार्मिक संस्थाको बाहिर गराइएको थियो । रिमोट कन्ट्रोलबाट गराइएको उक्त विस्फोट मोटरसाइकलमा राखिएको थियो । विस्फोटमा परि मर्नेमा ३ बच्चा समेत रहेका छन् । उक्त क्षेत्रमा भएको विस्फाेट  पहिलो भने होइन ।

सन् २०११ को विस्फोटमा परि १० प्रहरी र ३० सर्वसाधरणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाईते भएका थिए । आजको घटना कसले गराएको हो ?अहिले सम्म कसैले दावा नगरेको सुरक्षा निकायले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata