बम विस्फोटबाट गाउँपालिकाको कार्यलयमा क्षति

आइतवार, बैशाख २, २०७५



इलाम । इलाममा अज्ञात समुहले गरेको बम विस्फोटबाट गाउपालिकाको कार्यालयमा चुलाचुली गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ ।

अज्ञात समूहले शनिबार राती ९ बजे गराएको बम विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । उनका अनुसार विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिहेको जनाएको छ ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank