वन परियोजनाको कार्यालयमा बम बिष्फोट

आइतवार, चैत्र १८, २०७४



सर्लाही । सर्लाहीको इश्वरपुरमा रहेको सागरनाथ वन परियोजनाको कार्यालयमा शनिबार राति प्रेसर कुकर बम बिष्फोट भएको छ । राति १२ बजे अज्ञात समुहले कार्यालय हातामा बम बिष्फोट गराएको परियोजनाका लेखापाल सन्दीप पन्थीले जानकारी दिए।

बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank