रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गयो

बिहिबार, बैशाख १८, २०७७



काठमाडौं । रोल्पाको तिलामा बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउंपालिका ७ मा बेवारिसे बम बिस्फाेट भएर चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसी सहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको छन्। प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र धानुकले बाख्रा चराएर फर्कने क्रममा बम बिस्फोट भएर चार जनाको मत्यु भएको जानकारी दिए । साथै घटनास्थलमा डीएसपीको नेतृत्वमा टोली पठाएको बताएका छन । बम दन्दकालिन अवस्थामा राखिएकाे अनुमान प्रहरीले गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments