वडा अध्यक्षको घरमा बम विस्फोट

सोमवार, मंसिर ९, २०७६



कास्की । अज्ञात समुहद्वारा पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट गराएकाे छ। उनको घरमा अज्ञात समूहले आज बिहान पौने ३ बजेतिर बम बिस्फोट गराएको प्रहरीले जनाएको छ।

कास्कीमा उपनिर्वाचनको पूर्वसन्ध्यामा बम विस्फोटको घटना भएको हो । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका( १७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमले क्षतीग्रस्त भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata