राैतहटकाे मठिया प्रहरी चौकीमा बम प्रहार, बम प्रहार गर्ने एक भारतीय पक्राउ

मङ्लबार, कार्तिक २६, २०७६



रौतहड । रौतहटको मटिया प्रहरी चौकीमा बम प्रहार भएको छ । बम प्रहारबाट प्रहरी जवान रञ्जित यादव घाइते भएका छन । घाइते प्रहरीलाई उपचारको लागि गौर ल्याउने तयारी भएको जनाइएको छ ।  बीआर०५एच६५०९ मा  नम्बरकाे  भारतीय मोटरसाइकलमा आएका दुई भारतीयले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम प्रहार गर्ने व्यक्ति भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेकाे जनाइएकाे छ । उनी माेटरसाइकल सहित पक्राउ परेका छन् । केहि दिन अघि मात्रै उक्त क्षेत्रमा भारतीय मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको थियो । प्रहरी चौकीमा बम प्रहार हुनुले सुरक्षा चुनौती देखा परेको रौतहटका प्रहरी नायव उपरिक्षक नबिन कार्कीले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली घटनास्थल गइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा संग्लग्न व्यक्ति नै पक्राउ परेकाले घटनाको बारेमा छिट्टै जानकारी हुने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata