अज्ञातसमुहद्वारा नगरपालिकाको कार्यालयमा बम विस्फोट

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । संविधान दिवसको अवसरमा अज्ञातसमुहले नगरपालिका कार्यालय बम विस्फोट गराएको छ ।  शुक्रबार भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसर भित्र अज्ञात समुहले कुकर वम विष्फोट गराएको हो ।

बम उपमेयर मेरिका राईले चढ्ने बा १ झ ५८१३ नम्बरको गाडीमा क्षति पुगेको छ । बम विस्फोटबाट गाडीको पछाडीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । नजिकै पार्किङमा राखिएको नगरपालिकाको जेसीबी र ट्याक्टरमा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले बम विप्लव गराएको आशंका गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments