वडा कार्यालयमा बम विस्फोट

सोमवार, भदौ ९, २०७६



काठमाडौं । रोल्पाको एक वडा कार्यालयमा बम विस्फोट गराइएको छ । आइतबार राती गराएको परिवर्तन गाउँपालिका वडा नम्बर दुईको वडा भवनमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।

बम विस्फोट पछि भवनमा डिजेल छर्केर आगो समेत लगाइएको छ । स्थानीयबासीको सक्रियतामा आगो राती नै नियन्त्रणमा लिएको गाउपालिकाले जनाएको छ ।वडा अध्यक्ष हरिबहादुर घर्ती मगरले विज्ञप्ती जारी वडा कार्यालयलाई निशाना बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् ।

बम विस्फोट कसले किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विस्फोट नेकपा चन्द समूहले गरेको हुन सकने आशंका गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata