गाउँपालिकाको कार्यालयमा टाइम बम लेखिएको शंकास्पद वस्तु फेला

मङ्लबार, जेष्ठ ७, २०७६



बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालयको मुल ढोकामा टाइम बम लेखेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ ।

मंगलबार कार्यालय समयमा कार्यालयको मुल ढोकामा टाइम बम लेखेको शंकास्पद वस्तु भेटिएको हो । जनप्रतिनिधीहरुले शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद बस्तु भेटिएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल गइसकेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank