बम राखेको आरोपमा पाँच जना पक्राउ

बिहिबार, जेष्ठ २, २०७६



झापा । कन्काई पुलमा बम राखेर आतंक मच्याएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले इटहरी चोक नजिकैबाट दुई जना र झापाबाट तीन जनालाई पक्राउ गरेको हो। वैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम भेटिएको थियो।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने गोप्य राखेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata