हमासको ७० सैन्य ठेगानामा इजरायली सेनाको बम वर्षा

आइतवार, बैशाख २२, २०७६



जेरुसलम । इजरायली सेनाले पेलेस्टाइनको गाजापट्टीमा सैनिक आक्रमण गरेको छ । हमास र इस्लामिक जिहाद संगठनले बनाएका करिब ७० सैन्य ठेगानामा इजरायली सेनाले बम वर्षा गरेको इजरायली रक्षा बलले जनाएको छ ।

समाचार एजेन्सी सिन्हुवाले जनाए अनुसार, इजरायली सेनाले दक्षिण इजरायलको गाजापट्टीबाट हमासले २०० रकेट हानेपछि उक्त कार्बाही गरेको हो । उक्त हमलामा एक ८० वर्षीय बृद्धा र १४ महिने शिशु्को मृत्यु भएको जनाएको छ ।

हमासले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने शिविर र सुरुङलाई लक्षित गर्दै इजरायली सेनाले गरेको बम वर्षाले गाजा शहरमा रहेका उक्त स्थानहरु ध्वस्त भएको जनाइएको छ ।

हमासको महत्वपूर्ण सैन्य परिसर र शरणार्थी शिविर जसको गहिराई २० मिटर रहेको र उक्त शिविर समेत ध्वस्त पारिएको इजरायली सेनाको दाबी रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments