राष्ट्रपति बोलसोनारोको धम्कीपछि हजारौं डाक्टर क्युवा फर्कदैं

बिहिबार, कार्तिक २९, २०७५



ब्राजिल। ब्राजिलको नव निर्वाचित राष्ट्रपति जेयर बोलसोनारोले प्रत्यक्ष, तिरस्कार र धम्की सहितको टिप्पणीको सटिक जवाफ दिदैं आफ्ना हजारौं डाक्टर क्युवा फिर्ता बोलाउने चेतावनी हवानाले दिएको छ ।

लामो समय देखी क्युवा सरकारले आफ्ना डाक्टरहरुलाई ब्राजिलको दुरदराज इलाकामा स्वास्थ्य सेवा दिन पठाउने गर्दे आइरहेको थियो । जसको बदलामा ब्राजिल सरकारले क्वुवा सरकारलार्इ भुक्तान गर्दै आईरहेको थियो । भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित राष्ट्रपति  बोलसोनारोले क्युवा सरकारलाई कडा आरोप लगाउदै भने, डाक्टरहरुले हामीले भुक्तानी गरेको रकम केवल एक चौथाई मात्र पाउने गरेका छन् ।

हामीहरु क्यूवाको डाक्टरलाई सिधैं भर्ती गर्न चाहान्छौं साथैं उनीहरुको क्षमता परिक्षण पनि गर्न जरुरी छ । राष्ट्रपति बोलसोनारोको भनाईको कडा आपत्ती जनाउँदै क्युवा सरकारले भनेको छ । डाक्टरको गरिमा, गहिरो संवेनशिलता, व्यवसायिकता, समपर्ण र परोपकारलाई श्रद्धाञ्जली अर्पित गर्नेछाै । ब्राजिल जनतालार्इ गरेको मुल्यवान सेवालाई अन्देखा गरेकोमा उक्त टिप्पणी गरेका हुन् ।

सन् २०१३ पछि करिब २० हजार क्युवेली  डाक्टरले ११३.५ मिलियन ब्राजिल नागरिकको उपचार गरेको क्युवा सरकारले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata