बोलिभियाकी विपक्षी सिनेटर अनेज अन्तरिम राष्ट्रपति

बुधबार, कार्तिक २७, २०७६



एजेन्सी । निर्वाचनमा धाँधली भएको आरोप पश्चात बोलिभियाको राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिएका थिए । मोरालेजको राजीनामा पश्चात  विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन् ।

विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेका थिए । यसको कारण थियो उनको नियुक्तिमा कोरम पुगेको थिएन ।

तर, ती सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने जनाएका छन् । सो घोषणालाई मोरालेजले भने आलोचना गरेका छन् ।

आफ्नो जीवन असुरक्षा भएको भन्दै मोरालेज मेक्सिको तर्फ गएका छन् । उनले शरण मागेपछि मेक्सिकोले शरण दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata