अमेरिकामा विमान रन वेबाट चिप्लेर नदीमा खस्यो

शनिबार, बैशाख २१, २०७६



एजेन्सी । अमेरिकाको फ्लोरिडामा १३६ यात्रु बोकेको बोइंग ७३७ विमान रनवेबाट चिप्लेर  नदीमा खसेको  छ । स्थानीय समयअनुसार रातको ९:४० बजे सो विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको  हो ।

ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

ज्याक्सनभिलका मेयर लेनी करीकाले  ट्विट गर्दै बताएका छन्, ” विमान रन वेमा उत्रन खोज्दै थियो । त्यहि समय चिप्लेर नदीमा खस्न पुगेको हो ।” उनले अझ अगाडी भने, “विमानमा सवार सम्पूर्ण यात्रुहरु सुरक्षित छन् । चालक दल पानीमा जेट इन्धनलाई नियन्त्रण गर्न कोसिसरत छ ।”

नवल एयरफोर्सको एक प्रवक्ताका अनुसार दुर्घटनाग्रस्त विमानमा मियामी  एयर इन्टरनेशनलको लोगो टासिएको छ ।  कम्पनीलाई यस घटनाको बारेमा जानकारी दिइसकिएको छ । यद्दपी कम्पनिको तर्फबाट यस घटनालाई लिएर कुनै बयान दिइएको छैन ।

मियामी एयर इन्टरनेशनल एक चार्टर एयरलाइन सेवा हो। विमानमा सवार १३६ यात्रुमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments