मलेसियाबाट १८ जना नेपालीको शव ल्याइँदै

शुक्रबार, असार १२, २०७७



काठमाडौं। मलेसियाबाट फर्किने जहाजले १८ जना नेपालीहरुको शव समेत ल्याउने भएको छ ।  रोजगारीको सिलसिलामा रहेका नेपाली मजदुरहरुले मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका उनीहरुको शनिबार शव ल्याउन लागिएको हो ।

कोरोना भाइरस महामारीका कारण अन्तराष्ट्रिय  उडान समेत प्रभावित बनेपछि मलेसियामा ज्यान गुमाउनेहरूकाे शव ल्याउन सकिएकाे  थिएन ।   वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो ।

बोर्डका अनुसार,सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि।क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्याउन लागिएको जनाएको छ ।

त्यस्तै इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको शव ल्याईंदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments