डुंगा दुर्घटना: १५० जनाको मृत्यु

शुक्रबार, साउन १०, २०७६



एजेन्सी । उत्तर अफ्रिकी देश लिबियाको तटीय क्षेत्र नजिक शरणार्थी सवार एक डुंगा दुर्घटना भएको छ । दुर्घटनामा करिब १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ भने अन्य १ सय ५० जनालाई माछा मार्नेहरुले उद्दार गरेका छन् ।

शरणाथीहरु एउटै नाउमा थिए या दुईवटामा भन्ने अझै स्पष्ट भइसकेको छैन । गत मेमा ट्युनिसियाको तटीय क्षेत्रमा डुंगा डुृब्दा ६५ जनाको मृत्यु भएको थियो ।

हजारौं शरणार्थीहरु भूमध्यसागर हुँदै पार गर्ने कोशिस गर्दा डुब्ने गरेका छन् । उनीहरुमध्ये धेरैजसो शरणार्थी लिबियाका हुने गरेका छन् । उनीहरु पुरानो डुंगा र क्षमताभन्दा बढी सवार हुने गरेका कारण दुर्घटनामा पर्नें गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments