पोखरा बेगनास तालमा डुङ्गा दुर्घटना दुई जनाको मृत्यु

शनिबार, भदौ २३, २०७५



पोखरा । पोखरा बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । डुङ्गा पल्टिएर मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की जमुना कडेंल र कृष्णकुमारी बजगाइँ र रहेका छन् ।

डुङ्गामा नौ जना सवार रहेका थिए । डुङ्गा पल्टदा ५ जना वेपत्ता भएका छन् भने दुई जनाको जीवित उद्दार गरिएको छ । उद्दार गरिएकाहरुकाे स्थानिय अस्पतालमा उपचार भैरहेकाे छ । उनिहरु तीजको दरखाएर बेगनास्ताल  ताल घुम्न गएका स्थानियले जनाएका छन् ।

डुङ्गा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।

383 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank