एस एण्ड एस र रेडक्रसको रक्तदान

बुधबार, असार १३, २०७५



बिर्तामोड ।  बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीको प्रमुख आथीत्यमा भएको थियो । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका छन् । एस एण्ड एस अटो मोवाइल्सका सञ्चालका सुमित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी, सचिव मनोज अग्रवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन् ।

एस एण्ड एस अटो मोवाइल्सले सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रेडक्रससँग सहकार्य गरी उक्त कार्यक्रम गरिएको सञ्चालक श्रेष्ठले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रसका सभापति शिवाकोटीले जानकारी दिए । कार्यक्रम बिर्तामोड–४ भद्रपुररोडस्थित हिरो शोरुम परिसरमा सम्पन्न गरिएको थियो ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank