नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित

मङ्लबार, पुस २५, २०७४



 पाकिस्तान । नेत्रहीन विश्वकप क्रिकेट अन्तर्गत आप्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।

एकदिवशीय विश्वकपमा डेब्यु खेल खेलेको नेपालले ९ विकेटको हार व्यहोरेको हो ।
नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तानका ओपनर बदर मुनिरले १२६ रनको शानदार शतकीय पारी खेले ।
यसअघि गुजरानवाला स्थित जिन्नाह स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २५८ रन बनाएको थियो ।
नेपालका लागि रमेश बहादुर बानियाँ र बद्री चौलागाईंले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । रमेशले ७२ वलमा ५९ र बद्रीले ४९ रन जोडे । पदम बहादुर बडैलाले ५० रन बनाउँदा खिमानन्द गैरे ३० रनमा अविजित रहे ।
वलिङ तर्फ पाकिस्तानका हारुन खानले एक विकेट लिए । नेपालका चार ब्याट्सम्यान रन आउट भएका थिए ।
नेपालले आफ्नो दोस्रो खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

372 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank