नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

बुधबार, पुस २६, २०७४



काठमाडाैं । पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत बुधबारकाे खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेकाे छ । प्रतियाेगिताकाे दाेस्राे खेलमा टस हारेर इकबाल स्टेडियम पाकिस्तानमा ब्याटिंग गर्न उत्रेकाे नेपालले निर्धारित ४० अाेभरमा २३४ रन बनाएकाे छ । नेपालकाे खेल खराब सुरूवातबाट सुरू भएपनि कप्तानी इनिङले उच्च स्काेर बनाउन सफल भयाे ।

नेपालले १५ अाेभरमा ७६ रनकाे याेगफल बनाउँदा ६ विकेट गुमाइसकेकाे थियाे । त्यसपछि कप्तान किर्तन दुवालले ६६ रनकाे शानदार इनिंग खेल्दै नेपाललार्इ २३४ रनकाे स्काेर खडा गरे । यस्तै खिमानन्द गैरेले ३४ र पदम बडेलले ३० रनकाे याेगदान दिए । अहिले बंगलादेश जवाफि ब्याटिङ गरिरहेकाे छ । नेपालले आफ्नो पहिलो खेलमा मंगलबार पाकिस्तानसंग ९ विकेटको हार बेहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत लिग चरणमा नेपालले तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा, चौथो खेल १४ जनवरीमा भारतसँग र लिगको पाँचौ तथा अन्तिम खेलमा अस्ट्रेलियासँग १५ जनवरीमा खेल्नेछ ।सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्र रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ ।

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank