श्रीलंकामा श्रृंखलावद्ध विस्फोट, ४२ जनाको मृत्यु, २ सय भन्दा बढी घाइते

आइतवार, बैशाख ८, २०७६



काठमाडौं । श्रीलंकाको कोलम्बोमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले  ‘ईस्टर सन्डे’ मनाइरहेका बेला तीन चर्च र विभिन्न तीन वटा फाइभ स्टार होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको  छ।

image_673f71e96c

६ स्थानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको हो  । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । त्यस्तै  सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

57763911_2139186826198987_5237296778738401280_n

घाइतेमध्येका ८० जना ‘कोलोम्बो नेशनल हस्पिटल’मा उपचार्थ छन् भने अन्य घाइतेहरुलाइ अस्पताल तर्फ लगिंदै छ  ।

57503450_2139186832865653_1163158344408498176_n

कतुवपितिया चर्चले आफ्नो फेसबुक पेजमार्फत घटनाको जानकारी दिँदै सहयोगका लागि अपिल समेत गरेको छ ।

अद्स्जक्स्द

अहिलेसमम यो हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । ‘ईस्टर सन्डे’ इसाई धर्मको प्रमुख पर्व हो ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata