जानी राखौं बिरे नुनका फाइदाहरू !

आइतवार, साउन ५, २०७६



काठमाडौं । हामीले प्रायः आयो नुन खाने गर्छौं । आयो नुन विश्वासिलो र भरपर्दो मान्दै आइरहेका छौं हामी । आयो नुन समुन्द्रबाट निकाली प्रशोधन गरेर हामी कहाँ आइपुग्छ । समुद्री पानीमा प्रदूषित पदार्थको मात्रा अत्याधिक हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ ।

तर प्राकृतिक कालो नुन अर्थात् बिरे नुन प्रयोग गर्दा कुनै पनि स्वास्थ्य समस्या देखिदैन । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्छ ।

आयुर्वेदका अनुसार बीरेनुनलाई आफ्नो आहारसँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ। यसले मधुमेह , उच्च रक्तचाप, पेटसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ। किनकी यसमा ८० प्रकारको खनिज पदार्थहरु पाईन्छ। विहान बीरेनुनलाई पानीमा मिसाएर खानुभयो भने, तपाईंको स्वास्थ्य निकै नै राम्रो हुन्छ।

बीरेनुनयुक्त पानी बनाउने तरिका:

एक गिलास मन्तातो पानीमा आधा सानो चम्चा बीरेनुनलाई मिसाउनुहोस् । यसलाई राम्ररी चलाई २४ घण्टाको लागि त्यसै छोड्नुहोस् । नुन पुरै रुपमा पानीमा घुलेपछि यस पानीलाई पिउनुहोस्।

जानौँ कालो नुनका फाइदाहरू के – के हुन् :

  • अपच कम गराउँछ

अपच, कब्जियत, एसिडीटी जस्ता समस्या छ भने एक गिलास पानीमा कागतीको रससँगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

  • भोक बढाउँछ

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

  • तौल घटाउन मद्दत गर्छ

कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक बिरे नुन खान सकिन्छ ।

  • मांसपेशी र जोर्नी दुखाइ कम गर्छ 

मांसपेशी र जोर्नी दुख्दा बिरे नुनलाई एउटा कपडामा बाँधेर यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुई पटक सेक्नाले दुखाईमा राहत मिल्छ ।

  • छाती दुख्ने समस्याबाट मुक्ति

यसले पेटमा बन्ने एसिडलाई हटाई छाती दुख्ने समस्याबाट छुट्कारा दिलाउनुको साथै एसिडिटीलाई पनि ठिक गर्छ । कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ, जसको प्रयोग गर्नाले रक्तअल्पता कम गरी हड्डी बलियो बनाउन मद्दत गर्छ । कालो नुनमा सोडियम कम हुने हुनाले यसले यसैले मधुमेहका बिरामीका लागि अति उपयोगी हुन्छ ।

  • खटिरा तथा डण्डीफोरबाट राहत 

यसको नियमित प्रयोग गर्नाले छाला चाउरीन नदिई साथै छालामा आउने खटिरा तथा डण्डीफोर आउन पाउँदैन । बीरेनुनको पानीको सेवनले छालामा भएको दागहरु हट्नुको साथै चम्किलो र सफा छाला बन्ने हुन्छ । बीरेनुन सौन्दर्यताको लागि पनि निकै नै फाईदाजनक छ ।

  • शिशुहरुको लागि निकै नै राम्रो

बीरेनुनको प्रयोग सानो बच्चाको लागि निकै नै राम्रो हुन्छ । यसले अपच र खोकीको समस्यालाई हटाउनमा मद्धत गर्छ । शिशुहरुको भोजनमा थोरै बीरेनुनलाई हालेर खानाले पेटसम्बन्धि समस्या निको हुनुको साथै खोकीबाट आराम मिल्छ ।

  •  राम्रो निन्द्रा ल्याउनमा मद्धत गर्छ

बीरेनुनले कोर्टिसोल र एड्रनलाईन जस्तो दुई खतरनाक हार्मोनलाई कम गर्छ । यसले गर्दा राति राम्रो निन्द्रा आउने हुन्छ ।

 

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata