ब्ल्याक होल कालो हुँदैन

बिहिबार, चैत्र २८, २०७५



एजेन्सी ।  खगोलविद्हरुले बुधबार कालो छिद्र(ब्ल्याक होल)को पहिलो फोटो सार्वजनिक गरेका छन् । ४० अरब किलोमिटर क्षेत्रफल रहेको उक्त ब्ल्याक होल पृथ्वीभन्दा ३ लाख गुणा ठुलो रहेको छ । जसलाई खगोलविदहरुले अहिलेसम्मकै सबैभन्दा भयंकर राक्षस ‘मोनस्टर’ मानेका छन् । पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेका छन्। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।

प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। सन् १९७४ मा ‘ब्ल्याक् होल्’बाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन गरेका थिए । तर यो उपलब्धि  देख्न नपाई ७६ वर्षको उमेरमा गत वर्ष निधन भयो। उनले  ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो नहुने जिकिर गरेका थिए।

यो भिडिओमा हकिङले ब्ल्याक होलबारे यसरी व्याख्या गरेका छन्।

(बीबीसी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments