सामाजिक सुरक्षाको कार्यक्रम प्रभावकारी हुन सकेन: मन्त्री बिष्ट

आइतवार, भदौ ८, २०७६



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राजनीतिक दलको असहयोगका कारण सामाजिक सुरक्षाको कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन

उनले नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको बताए।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वहाना मात्रै भएको बताए।

उनले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सुचिकरणमा आवद्ध नभएको बताए ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिक दुबैले अपेक्षाकृत चासो नदेखाएको भन्दै गुनासो गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata