न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कार्बाही गर्छौ: मन्त्री विष्ट

आइतवार, बैशाख २९, २०७६



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कार्बाही गर्ने बताएका छन् ।

नर्स माथिको श्रम शोषण गर्ने अस्पताललाई हदै सम्मको कार्वाही गर्ने मन्त्री विष्टले चेतावनी समेत दिए । आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अबसरमा बोल्दै श्रम शोषण गर्ने अस्पतालको विवरण बुझाउन नर्सहरुलाई आब्हान समेत गरे ।

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गरेरै छोड्ने जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank