प्रदेश-२ धागाे विनाको चङ्गा बन्न खोज्दैछ: मन्त्री विष्ट

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले प्रदेश- २ सरकार धागाे  बिनाको चङ्गा बन्दै गइरहेको बताएका छन् । विहिबार गृह जिल्ला गुल्मी जानेक्रममा रुपन्देहीको बुटवलमा संचारकर्मीसंगको कुरा गर्दे मन्त्री विष्टले प्रदेश- २ सरकारलाई केन्द्रले संविधान अनुसारको अधिकार दिएको भए पनि  प्रदेश सरकार धागो विनाको चंगा झैँ उड्न खोजेको आरोप लगाए ।

मन्त्री विष्टले प्रदेश सरकारलार्इ  केन्द्र सरकारसँग समन्वय गर्नु  पर्नेमा जोड दिए । उनले केन्द्र सरकारको मातहतमा रहेर प्रदेश सरकारले निति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank