केमिकल प्लान्टमा भएको विस्फोटमा २२ को मृत्यु
बुधबार, मंसिर १२, २०७५

चीन । उत्तरी चीन स्थीत एक केमिकल प्लान्टमा भएको दुर्घटनामा २२ मानिसले ज्यान गुमाएका छन् । बेजिङबाट करिब २ सय किलोमिटर टाढा रहेको हाबेइ सेगुआ केमिकल प्लान्टमा उक्त दुर्घटना भएको चिनियाँ अधिकारीले जनाएको छ ।
प्लान्ट विस्फोटमा परि ५० सरवारी साधन जलेको र ६३ मानिस घाइते भएको प्रारम्भीक सुचना प्रहरीले दिएको छ । स्थानिय मानिसलाई घटना क्षेत्र वरपर नजान भनिएको छ । घटनामा घाइतेको संख्या बढ्ने आंकलन गरिएको छ । धेरै घाइतेहरु जलेका अबस्थामा भेटिएका छन् ।
सामान्य घाइतेको संख्या अधिक रहेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments