विस्केट जात्रामा रम्दै मध्यपुर थिमी

सोमवार, बैशाख २, २०७६



काठमाडौं । उपत्यकाको भक्तपुर जिल्लाको थिमीमा मात्र मनाइने विस्केट जात्रा हर्षोल्लासका साथ मनाइरहेका छन् ।  सोमबार विहानै देखि शुरु भएको विस्केट जात्रामा मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै धुमधामका साथ देवीदेउताको पूजा आराधना गर्दै मनाइरहेका छन् ।

एक–अर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । परम्परा अनुसार नै देवता लायकु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।

थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ मनाइरहेका छन् । यसलाई सिन्दुर जात्रा पनि भन्ने गरिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank