बिस्केट जात्रा आजबाट सुरु

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं । नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा मंगलबार बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै यस वर्षको जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए।

नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ । भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ । सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिनी म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको संस्कृतिकर्मी बताउँछन् ।

मुख्यगरी चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते राति लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यस दिन जात्रा हेरेमा शत्रुनाश हुने जनविश्वास रहेकाले यो जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ ।

नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बिःसित नाग म¥यो, बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाका बताउँछन् ।

बिस्केट जात्राको किम्बदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरेका थिए ।

अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने ।

यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने विश्वकेतुकै पछिल्लो रुपान्तरण बिस्केट भएको बताउँदै वि को अर्थ विश्वनाथ भैरव र ध्वजा शिव र शक्तिको प्रतीक भएकाले यसैलाई मानेर जात्रा मनाउने परम्परा रहेको बताए ।

बिस्केटलाई सहकालको देवताका रुपमा पनि पुजिने बताउँदै बिस्केट जात्रा मसान जात्राको रुपमा मृत आत्माको मुक्तिका लागि पनि मनाउने उनको भनाइ छ ।

जात्रा वैशाख ५ गतेसम्म मनाइन्छ । जात्राको अन्तिम दिन तौमढीबाट भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत् २६८ अर्थात् लिच्छवीकालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेषरूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

शान्तिपूर्ण रुपमा जात्रा मनाउने सन्देश दिन आज बिहान भक्तपुरमा बृहत् सद्भाव ¥याली प्रदर्शन गरिएको छ । भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरुवात हुन्छ।

147 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank