बर्दीको हुर्मत लिँदै गुण्डागर्दी गर्नेलाई कार्बाही गरियोस्: प्रवक्ता शर्मा

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय कार्बाहीको माग गरेका छन । इलाका प्रहरी कार्यालय काेहलपर बाँकेका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीलाई लक्षित गर्दै प्रवक्ता शर्माले विभागीय अनुसन्धानको माग गरेका हुन ।

आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले धम्कीको रेकर्ड सार्वजनिक भएको छ । कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् भन्दै नेपाल पुलिसको ट्वीट आइडीलाई मेनसन गर्दै उल्लेख गरेका छन ।  उनले प्रहरीको मर्यादा हामी राख्छौं,निष्पक्ष छानबिनलाई सघाउछौं,तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुन पढाइयोस् भन्दै आक्रोश पूर्ण अभिव्यक्ति दिएका छन ।

प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई  खसी नदिएको भन्दै ज्यान मार्ने धम्की दिएको कांग्रेसले आरोप लगाएको छ ।

प्रवक्ता शर्माकाे ट्वीट जस्ताकाे त्यस्तै

bishowparkesh

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata