निर्णय कति छिटो होइन,मुल प्रश्न निर्णय कसरी हो: प्रवक्ता शर्मा

आइतवार, जेष्ठ १८, २०७७



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको बताएका छन ।

नक्साको पक्षमा कांग्रेस एक ढिक्का भएको बताउँदै प्रवक्ता शर्माले तत्काल संसदमा प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन । आइतबार ट्विट गर्दै प्रवक्ता शर्माले स्वर ठुलो बम बिस्फोटनको हुन्छ,विचारको प्रस्फुटन त मधुर र विनम्र हुन्छ भन्दै कांग्रेसको निर्णय प्रति खुसी व्यक्त गरेका छन ।

उनले भनेका छन,कतै पढेको यथार्थले कांग्रेस निर्णयको संयम र सौर्य अभिब्यक्त गर्छ । निर्णय कति छिटो होइन,मुल प्रश्न निर्णय कसरी हो । बिज्ञानको ज्ञान बोल्छ आकाशको गड्याङगुडुङमा होइन । निरन्तर बग्ने नदिमा हुन्छ उर्जा ! कांग्रेसकै कारण संसदमा संविधान संशाेधनकाे प्रस्ताव अल्झिएकाे भन्रे टिकाटिप्पणी पछि शनिबार कांग्रेस बैठकले संविधान संशाेधनकाे पक्षमा मतदान गर्न कांग्रेस संसदीय दललार्इ निर्देशन दिएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments