पाँच वर्ष कैद १५ लाख जरिवानाको कांग्रेसद्वारा विरोध

सोमवार, पुस १४, २०७६



काठमाडौं । सामाजिक संञ्जालमा लेखेकै भरमा पाँच वर्ष कैद र १५ लाख जरिवाना हुने विधेयकको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेसँगै कांग्रेसले त्यसको विरोध जनाएको हो ।

विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
उक्त विधेयकको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन । सोमबार ट्वीट मार्फत प्रवक्ता शर्माले सामाजिक संजालमा कसैले जिस्क्याउंदा सम्झाउन या सहन तयार छु,तर उसलाई जेल पठाउन म तयार छैन भन्दै उल्लेख गरेका छन ।

tweet

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मेन्सन गर्दै प्रवक्ता शर्माले  कैद पाँच बर्ष र जरिवाना १५ लाख,के यो सहि छ भन्दै प्रश्न गरेका छन । उनले नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउनका लागि नभएको प्रतिक्रिया दिएका छन । यो विधेयक ठाडै अस्वीकार्य रहेको भन्दै खुलेर र जमेर बोल्न पाउनु पर्ने उल्लेख गरेका छन ।

विधेयकको दफा ८३ मा साइबर बुलिङ गर्न नहुने भन्दै विद्युतीय प्रणालीको प्रयोग गरी निरन्तर हैरान गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साही बनाउने, अपमान गर्ने र हप्काउनेजस्ता काम गर्न नहुने उल्लेख गरिएको छ । यस्तो गल्तीका लागि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments