कांग्रेस प्रवक्ता शर्माको प्रश्न- कालापानीको पक्षमा प्रदर्शन पनि अस्विकार हो ?

आइतवार, मंसिर १, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोध जनाएका छन ।

नेविसंघले आइतबार विहान भारतीय दूतावास अगाडी प्रदर्शन गरे पछि प्रहरीले बल प्रयोग गर्दै पक्राउ गरेसँगै प्रवक्ता शर्माले आपत्ती जनाएका हुन ।  उनले ट्वीट मार्फत कालापानीका पक्षमा प्रदर्सनपनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो भन्दै प्रश्न गरेका छन ।

राष्ट्रिय झण्डासंगै नेविसंघको झण्डा फहराउंदै,कालो बेलून उडाउंदै सडकमा निक्लदै गरेका बिद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न गरिएको भन्दै विरोध जनाएका छन ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्ताे छ प्रवक्ता ट्वीट 

bishwoparkash

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata